धनगढीः धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा कुर्सी हानाहान भएको छ।
बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको थियो। विवादले उग्र रुप लिएपछि कुर्सी हानाहान भएको हो।
उपमेयर रानाले सभामै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको गुनासो गरेकी थिइन्। तर, हमालले भने बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको बताएका थिए।
उपमेयरको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फालेका थिए। कांग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ। विवाद बढेपछि अहिले नगरसभा स्थगित भएको छ।
धनगढीमा स्वतन्त्रबाट हमालले मेयर जितेका थिए।