काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।
संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानविनबाटै निष्कर्षमा पुर्याउनुपर्ने जिकिर गरे ।
उनले तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।