काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ । गत शनिबार कर कटौती गरेर निगमले मूल्य घटाएपछि पुनः अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य वृद्धि गरेको हो ।
