काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची तय भएको छ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिने भएका हुन् ।
यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए। आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् । सोमबारको बैठकमा ४१ जना नेताहरूले भाग लिएका थिए ।