काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजो अर्थात सोमबार प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैंया रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैंया बढेर प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।