काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री शर्माले आफू निर्दोष भएको दाबी गरेका थिए।
बजेटमाथि विभिन्न प्रश्न उठाउँदै एमालेले अर्थमन्त्री जनार्दश शर्माको राजीनामा माग गर्दै आएको छ।
विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधि सभाको आज बस्ने बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेका हुन्।
उनले राजीनामा दिनुपर्ने माग सर्वत्र उठिरहेको छ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ। साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।