काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।
माओवादी केन्द्रीय समिति बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
तर, पार्टीका सबै नेताहरु संसद बैठकमा सहभागी बन्नुपर्ने भएकोले केन्द्रीय समिति बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो। यसअघि मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो।
आजको ११ बजेका लागि बोलाइएको संसद बैठकमा विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राख्ने बताइएको थियो। तर, अर्थमन्त्रीलाई संसदमा बोलन नदिने एमालेले जनाएपछि अझैं बैठक सुरु हुन सकेको छैन्। सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
सम्बन्धित समाचारः
संसद बैठक २ बजेसम्मका लागि स्थगित, दलहरु छलफलमा