काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ।
आज दलहरुबीच भएको सहमतिअनुसार अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने भएको छ। समितिका सदस्यको भने टुंगो लागेको छैन।
संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन्। दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ। दलका सचेतकहरूसँग समितिमा बस्ने सांसदहरूको नाम मागिएकोछ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको छ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शर्माको राजीनामा र संसदीय समिति गठनको माग गर्दै आइरहेको थियो।
सम्बन्धित समाचारः
अर्थमन्त्री प्रकरणः माओवादी केन्द्रीय समिति बैठक स्थगित
अर्थमन्त्री प्रकरणः संसद बैठक २ बजेसम्मका लागि स्थगित, दलहरु छलफलमा