इस्लामावाद। पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ।
पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको मृत्यु भएको बताएका छन्।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन विभागका अनुसार केही दिनदेखिको बर्षाले गर्दा २५ जनाको मृत्यु भएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन्।
साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्याएको छ। बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्याएको छ।
बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ