धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रमुखले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई प्रदान गरेका छन्।
स्वतन्त्रबाट मेयर जितेका हमालले आफू नीजि गाडी नै प्रयोग गर्ने भन्दै सरकारी गाडी स्वास्थ्य शाखालाई प्रदान गरेका हुन्।
नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धताअनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए।
उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षणसँगै ल्याव सेवा, अल्ट्रासाउन्ड र इसिजी सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने नगर प्रमुख गोपाल हमालले बताए।