काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ।
मंगलबार र बुधबार स्थगित भएको बैठक बिहीबार बिहान पौने १२ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको हो।
अहिले बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सदस्यहरुका जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिँदैछन्।
मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो। सम्भवतः आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्नेछ।
माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ।