काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो।
पछिल्लो समय सुनको मूल्य ओरालो लाग्न थालेको छ। दुई दिनमै प्रतितोला ३ हजार रुपैयाँले सुनको मूल्य घटेको छ। बुधबार तोलामा १६ सय रुपैयाँ घटेको सुन बिहीबार १४ सय घटेको हो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।