काठमाडौं। राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राप्रपामा प्रवेश गरेका छन्।
बिहीबार राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारी राप्रपामा प्रवेश गरेका हुन्। बम र अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा स्वागत गरे।
राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए। उक्त पार्टीको विद्यार्थी संगठनका अध्यक्ष र महासचिव नै राप्रपामा प्रवेश गरेका छन्।