वीरगञ्ज। २७० केजी गाँजासहित २ जना भारतीय पक्राउ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको विहार मोतिहारी ग्राम सेमरीका २७ वर्षीय विजेश कुमार यादव र विहारकै पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन्।
बिहीबार बिहान वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको सूचना प्रहरीले पाएको थियो।
त्यसपछि खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले युपी २१ एएन ९९५७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा गाँजा भेटिएको हो।
प्क्राउ परेकाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।