बाजुरा। बुढीगंगा नगरपालिकामा स्थानीय चुनावअन्तर्गत बिहीबार भएको मतदानको मतगणना जारी छ।
शुक्रबार बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा मतगणना सुरु गरिएको थियो। दुई स्थानमा मतगणना भइरहेको छ। मतगणना वडा नम्बर १ र १० बाट भइरहेको छ।
प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
वडा नम्बर १ र १० को ४०० मत गणना गर्दाः
मेयर
एमाले उम्मेदवार रामबहादुर बानियाँः १८९
कांग्रेस उम्मेदवार रंगबहादुर खातीः १८५
उपमेयर
एमाले उम्मेदवार मायाकुमारी खड्का कुँवरः १८७
कांग्रेस उम्मेदवार रिता शाहीः १८५
बिहीबार भएको मतदानमा त्यहाँ ६६.७५ प्रतिशत अर्थात ९ हजार १२८ मत खसेको छ। बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्। बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।
यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुनः निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।