काठमाडौं। पूर्वमन्त्री कृपासुर शेर्पा सवार कार सिन्धुलीमा दुर्घटनामा भएको छ।
नेकपा एमालेका नेतासमेत रहेको पूर्वमन्त्री शेर्पा सवार बा २ च ९००३ नम्बरको कार आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा कमलामाई नगरपालिका–१४, चन्दनपुरमा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा पूर्वमन्त्री शेर्पा घाइते भएका छन्, तर अवस्था सामान्य छ। कारमा सवार आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापाको अवस्था गम्भीर रहेका र हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।
घाइते चार जनाकै ट्रमा सेन्टरमा उपचार हुनेछ।
शर्पा २०७२ सालमा पर्यटनमन्त्री बनेका थिए।