काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उनि अहिले घरमै स्वास्थ्य लाभ गरिरहेको प्रवक्ता महर्जनले जानकारी दिए । महर्जनको स्वास्थ्य अवस्था सामान्य छ।