जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको छ । जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । सुरक्षा अधिकारीहरूले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छन् भने उनी प्रहरी हिरासतमा छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त बन्दुकधारीको घरको खोजी गर्दा विस्फोटक पदार्थ फेला पारेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए ।
त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोली उपस्थित थियो। त्यसका बावजुद बन्दुकधारी आबेको नजिक पुग्न सफल भएका थिए ।