बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणम सार्वजनिक भएको छ । नगरपालिकाको वडा नम्बर १, ९ र १० को गणना सम्पन्न भएको छ । वडा नम्बर २ को मतगणना भइरहेको छ। अहिलेसम्म ३६ सय ४८ मतगणना सकिएको छ। जसमा नेकपा एमालेले अग्रता बनाउदै लगेको छ ।
नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राम बहादुर बानियाँले २ हजार १ सय ९६ मत पाएका छन् भने नेपाली काँग्रेसका रंग बहादुर खाती १ हजार २ सय ३९ मत पाएका छन् ।
यस्तै उप प्रमुखमा एमोकी मायाँ कुमारी खड्का (कुवँर)ले २ हजार १ सय ७२ र नेपाली काँग्रेसकी रिता शाहीले १ हजार २ सय ६२ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए । वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगको निर्णय अनुसार बिहीबार बुढीगंगामा पुनः मतदान भएको हो।
पुनः मतदान हुँदा नौ हजार ११७ मत खसेको छ। बिहीबार अपराह्ननदेखि बूढीगंगा ५ को भानुदय माविमा जारी मतगणना आइतबारसम्म सकिने निर्वाचत अधिकृत कडायतले जानकारी दिए ।