धनगढी। नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) सुदूरपश्चिमको जिम्मेवारी पूर्व सांसद एवम् पार्टी केन्द्रीय सदस्य हर्कबहादुर सिंहलाई दिइएको छ ।
शुक्रबार बसेको नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सिंहलाई सुदूरपश्चिमको अध्यक्ष बनाउने निर्णय गरेको हो।