काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति र केन्द्रको बीचमा समन्वय कायम गर्नका लागि समन्वय समिति बनाएको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले इन्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाएको हो। यो समिति चुनावसम्मका लागि भएको नेता कृष्णबहादुर महराले बताए। 'त्यसमा केन्द्रीय सदस्य सबै, प्रदेशका पदाधिकारी सबै रहनुहुन्छु, उनले भने।
त्यस्तै, माओवादी केन्द्रले प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने भएको छ। साउन १६ गतेदेखि भदौ ३ गतेसम्मका कार्यक्रम तय भएको उनले बताए।