काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्यापर यम बुद्धको सालिक बनाउने बताएका छन् ।
शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरुको दिन शुभ रहोस्।’
काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो ।