बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । बुढीगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएको छ । अहिलेसम्म ५ हजार ४ सय २९ मतगणना सकिएको छ।
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार राम बहादुर बानियाँले ३ हजार ३ सय ५१ मत ल्याएका छन् भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रङ्ग बहादुर खाती १ हजार ७ सय ८९ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट उप प्रमुख पदका लागि उम्मेदवार बनेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २ सय ७९ मत ल्याएकी छन् भने नेपाली काँग्रेसको तर्फबाट उपमेयर पदकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८ सय ५८ मत ल्याएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगको निर्णय अनुसार बिहीबार बुढीगंगामा पुनः मतदान भएको हो। पुनः मतदान हुँदा नौ हजार ११७ मत खसेको छ। बिहीबार अपराह्ननदेखि बूढीगंगा ५ को भानुदय माविमा जारी मतगणना आइतबारसम्म सकिने निर्वाचत अधिकृत कडायतले जानकारी दिए ।