चितवन। चितवनमा बसले किचेर एक युवकको मृत्यु भएको छ। बस मर्मत गर्ने क्रममा सोही बसले किचेर सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परीक्षण गरेर चलाउँदा सहचालक नेपाली गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।