बाग्लुङ । बाग्लुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ ।
स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौका अनुसार बाग्लुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए ।