काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
स्थानीय तह निर्वाचनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो।
बैठकको प्रारम्भमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका छन्।
कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति, आगामी चुनावमा गठबन्धनलगायतका विषयमा छलफल हुनेछ।
आजको बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।