काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल र नामेवियाको खेल सुरु भएको छ।
नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गरिरहेको छ।
आजको खेलमा नेपालबाट बसिर अहमदले डेब्यूगरेका छन्। बसिरले नेपालबाट ३३ औं ओडिआई क्याप पाए।
नेपालको टिमः
सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख(विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी।
आईसीसी विश्वकप लिग टू अन्तर्गत त्यहाँ नेपालले स्कटल्याण्ड र नामेवियासँग दुई दुई वटा एक दिवसीय खेल्नेछ।