काठमाडौं। धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले २५ हजार जरिवाना तिराएको छ।
म्हानगरका मेयर बालेन शाहले धोबीखोलामा फोहोर फाल्ने प्राक्टिकल वेष्ट सोलुसन प्रा.लि.लाई काठमाडौं महानगरले २५ हजार जरिवाना तिराइएको जानकारी दिएका छन्।
आइतबारदेखि धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। सो सामग्रीको छानविन गरि महानगरले उक्त कार्यमा सम्लग्न कम्पनीलाई सोमबार नियमअनुसार २५ हजार रुपैयाँ जरिवाना गरेको हो।
कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको महानगरले जनाएको छ। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा बालेनले धन्यवाद दिएका छन्।
आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन बालेनले अनरोध गरेका छन्।