काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ ।मंगलवार सार्वजनिक सूचना जारी गर्दै कोषले विभिन्न पदमा खुला तथा समावेशी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको छ ।अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।