झाप। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ।
बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको हो।
उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न पिकअपसहित चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।