काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले देशको अर्थतन्त्रमा शुभ संकेत देखिएको बताएका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अर्थतन्त्रसंग सम्बन्ध राख्ने शक्तिशाली दुई ग्रह एउटै राशिमा भेट भएकोले देशको अर्थतन्त्रमा शुभ संकेत देखिएको बताएका हुन्।
उनले भने, ‘आज २८ गते मंगलबारदेखि शुक्र ग्रहको राशि परिवर्तन पछि अर्थतन्त्र संग सम्बन्ध राख्ने शक्तिशाली दुई ग्रह शुक्र र बुध ग्रह एउटै राशिमा भेट हुनुलाई देशको अर्थतन्त्रमा शुभ संकेत देखिएको छ।’
आगामी दिनमा नयाँ नेतृत्वले सरकारसंग मिलेर पुराना नियमलाई परिमार्जित गर्दै सहजीकरणको रुपमा अर्थ व्यवस्था सम्हाल्ने योग बनेको हुँदा लगानीकर्ताले सुरक्षित महसुस गर्ने समय आएको समेत उनले दाबी गरेका छन्।
साथै, आर्थिक रुपमा नेपालको अवस्था श्रीलंकाको जस्तो हुने सम्भावना नभएको दाबी पनि गरेका छन्।