काठमाडौं। काठमाडौं महानगरले फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई कारवाही गर्न थालेको छ।
महानगरले मंगलबार फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई कारवाही गरेको जनाएको छ।
महानगरले सडकमा निर्माण सामग्री राख्ने काठमाडौं–११ का विक्की साहलाई ५ हजार जरिवाना तिराएको छ।
फुटपाथ अवरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु निरन्तर आइरहेकोले कारबाही बाध्यता भएको महानगरले जनाएको छ।
कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै महानगरले गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सधैै कायम रहेको जनाएको छ।
महानगरले सोमबार पनि धोबी खोलमा फोहोर फाल्ने एक कम्पनीलाई कारवाही गरेको थियो।