काठमाडौँ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवाको शुभारम्भ गरेको छ । नवीन सेवामार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारमविना ग्राहकहरूले केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।
यस मेसिनबाट १ हजार र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।
यस क्यास रिसाइक्लर मेसिनबाट ग्राहकहरूले दैनिक रुपमा एटीएम मेसिनबाट झैं सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।