काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन असार ३१ गते निर्वाचन हुने भएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदका लागि निर्वाचन असार ३१ गते निर्वाचन हुने जानकारी दिए।
सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिए।
स्रोतका अनुसार उपसभामुख पदका लागि बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुनेछ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधिसभामा झण्डै साढे २ वर्षदेखि उक्त पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछन्।