काठमाडौं। नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ।
बुधबार गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन्।
गृहमन्त्री खाणले विधेयक पेश गर्दै भने, ‘संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था भएकाले संशोधन विधेयक ल्याइएको हो। संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संघीय कानुन बमोजिम हुने भनिएकाले विधेयक पेश भएको हो।’
त्यसअघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको थियो।
सरकारले अहिले ल्याएको विधेयकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न कुनुपर्ने व्यवस्था छैन।