काठमाडौं। आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेल नेपाल र स्कटल्याण्डबीच सुरु भएको छ।
नेपाल र स्कटल्याण्डबीचको खेल बुधबार अपरान्ह पौने ४ बजेदेखि सुरु भएको हो।
टस जितेर नेपालले पहिला फिल्डिङ गरिरहेको छ।
आईसीसी लिग २ अन्तर्गत सोमबार भएको पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० पराजित भएको थियो ।
नेपालले टोलीमा कुनैपनि परिवर्तन भने गरेको छैन। नामिबियासँगको टोलीलाई नै निरन्तरता दिएको छ।
नेपालको प्लेइङ ११:
सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख (विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी।