काठमाडौं। सर्वोच्च अदालतले एमसीसीविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले एमसीसीविरुद्धको रिट दर्ता गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।
उक्त रिट यसअघि तीन तीन पटक रिट दर्ता गर्न इन्कार गरि दरपीठ भएको थियो।
एमसीसी सर्वत्र विरोधकाबीच संसदबाट पास भइसकेको छ।