काठमाडौं। महालेखा परीक्षक कार्यालयले कुल बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोडभन्दा बढी देखाएको छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा गत वर्षमात्रै एक खर्ब २७ अर्ब रुपैयाँ बेरुजु थपिएको छ।
प्रतिवेदनमा ‘सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको बेरुज चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रहेको छ।’ अद्यावधिक बेरुजु गत वर्षभन्दा १५.४६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, एक वर्षमा ५० अर्ब २९ करोड फर्छ्योट भएको छ।
महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७७–०७८ को प्रतिवेदन बुझाएका छन्।