काठमाडौँ । सिभिल बैैैंक र हिमालयन बैंकबीच बुधवार मर्जर सम्बन्धी सम्झौता भएको छ ।सिभिल बैैक हिमालयनमा गाँभिने गरी सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि सिभिलका लगानीकर्तालाई फाइदा हुने भएको छ ।
सिभिल बैंकका शेयर धनीलाई हिमालयसँग गाँभिदा राम्रो फाइदा हुने भएको छ । सिभिल बैैैंकले आफ्ना लगानीकर्तालाई मुस्किलले ५ प्रतिशत मात्रै लाभांश दिन सकेको छ ।
अब आगामी वर्ष नै यसका लगानीकर्ताले पाउने लाभांश कम्तीमा ४ गुणा हुनेछ । अहिले पनि सिभिल बैंकको तुलनामा हिमालयको लाभांश ४ गुणाभन्दा बढी छ ।
सिभिलले बैंकका शेयरधनीको १०० कित्ता शेयर हुँदा अब हिमालयसँग गाँभिएर एकीकृत कारोबारपछि ८१ कित्ता पाउने भएका छन् ।हिमालयन बैंकले पछिल्लो १ दशकमा औसतमा २४ प्रतिशत लाभांश दिएको छ । हिमालयले अहिलेसम्म १५ प्रतिशतभन्दा तल झरेर लाभांश दिएको छैन ।
हिमालयन बैंकको अहिले चुक्तापुँजी १२ अर्ब ६८ करोड छ । सिभिल बैंकको ९ अर्ब ७ करोड छ । बैैंक एकआपसमा गाँभिएपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजीको बैंक हुने भएको छ । स्वाप रेसियोबाट हिमालयन बैंकले १ अर्ब ७२ करोड पाउने छ, जुन हिमालयन बैंकका शेयर धनीलाई समेत लाभांश बाँड्न मिल्छ ।
सिभिललाई गाँभेपछि हिमालयन बैंकको निक्षेप २ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ हुनेछ ।