काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या २८ पुगेको छ । बुधबार थप एक जनामा हैजा भेटिएको हो ।
यो सहित सो सङ्ख्या हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए ।