धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि पेश गरेको बजेट अन्ततः पारित भएको छ ।
सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ ।
बजेट बारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८:४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको थियो ।