विराटनगर। विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ।
तीनपैनी चोकमा रहेको उक्त रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको हो।
आगलागीबाट रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ।
अहिले आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।