काठमाडौं। वेस्ट इन्डिजविरुद्धको पाँच टी–२० खेलको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ।
पूर्व कप्तान विराट कोहलीलाई टोलीमा स्थान दिइएको छैन। पछिल्ला केही शृङ्खलामा विराट कोहलीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् र उनको प्रदर्शनमाथि प्रश्न उठ्न थालेको थियो।
तर, यसअघि कप्तान रोहित शर्माले विराट कोहलीको बचाउ गरेका थिए। बीसीसीआई प्रमुख सौरभ गांगुलीले पनि कहिलेकाहीँ खेलाडीहरु खराब समयबाट गुज्रने बताएका थिए।
वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका लागि टोली
रोहित शर्मा (कप्तान), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, आर अश्विन, रवि बिश्नोई, कुलदीप यादव, भुवनेश्वर कुमार, आवेश खान, हर्षल पटेल र अर्शदीप सिंह।
बीसीसीआईले केएल राहुल र कुलदीप यादवलाई फिटनेसका आधारमा मात्रै टोलीमा स्थान दिने स्पष्ट पारेको छ।
खेल तालिका
जुलाई २९, अगष्ट १, अगष्ट २, अगष्ट ६, अगष्ट ७ ।