काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर प्रस्थान गरेका छन्।
श्रीलंकाका राष्ट्रपति राजापाक्षे आफ्नी श्रीमती र व्यक्तिगत सुरक्षाकर्मीसहित साउदी एयरलाइन्सको विमानमा सिंगापुर गएका हुन्।
मङ्गलबार राष्ट्रपति राजापाक्षे श्रीलंकाबाट सैन्य जेटको सहायतामा माल्दिभ्सतर्फ भागेका थिए। अहिले उनीहरु माल्दिभ्सबाट सिङ्गापुर उडान गएका हुन्।
गोटबायाले बुधबार राष्ट्रपतिबाट राजीनामा दिने घोषणा गरेका थिए। तर, उनले राजीनामा नदिएर आफ्नो अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामाको विरोधमा श्रीलंकाको कोलम्बोमा केही दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपति भवनलगायत धेरै सरकारी भवनमा कब्जा जमाएका छन्।
सो क्रममा एकजनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।