काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन किन्न लागेको भन्दै प्रश्न गरेपछि देउवाले यस्तो प्रष्टीकरण दिएका हुन्। प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताए।
कांग्रेस बैठकमा अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायतले हतियार किन्न लागिएको विषयमा प्रश्न उठाएका थिए।