कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । वीरेन्द्रनगरमा आज ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उनले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’ का बारररेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष निरक केसीले सुविधासम्पन्न होटल रेष्टुराँले कर्णालीको पर्यटन विकासका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राखे ।
कांग्रेसका जिल्ला नेता हरि विष्ट र पत्रकार ज्योति कटुवालले करिब रु तीन करोड लगानीमा उक्त बार सञ्चालनमा ल्याएका हुन् । बारका सञ्चालक विष्टले १५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र सुविधा थप विस्तार गर्दै जाने जानकारी दिए। उक्त अवसरमा मुख्यमन्त्री शाहीले समाजसेवी जयन्ती थापालाई सम्मान गरेका थिए ।