काठमाडौं। सत्ता गठबन्धन बैठकलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको छ।
बैठकमा प्रचण्डले आजदेखि गर्ने भारत भ्रमणको विषयमा जानकारी गराएका छन्। साथै, आजै ३ बजे हुने उपसभामुखको निर्वाचन, नागरिकता विधेयकलगायतका विषय पनि छलफल भइरहेको छ।
उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
मन्त्रिपरिषद् बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय गर्ने बताइएको छ। दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ।
मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने बताइएको छ।