काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) मा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको छ।
साथै, सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट अदालतले खारेज गरेको छ।
पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए। पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका छैनन्।
अब एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ।