काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्त माग गर्दै नेपाल विद्यार्थी सङ्घले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार नेविसंघले माइतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो। राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसङ्घले उनको राजीनामा माग गरेको हो।
सम्बन्धित समाचारः
प्रधानमन्त्री देउवाले भने– गभर्नरले राजीनामा दिनुपर्छ, अरु के विकल्प हुन्छ र?
नेविसङ्घका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। उपाध्यायले भने, ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ।’
उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए। का छन् । आन्दोलनमा नेविसङ्घका नेताहरूले एक घण्टा धर्ना दिएका थिए।