काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा सत्ता गठबन्धनलाई साथ दिएको छ।
प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखको निर्वाचनका क्रममा बोल्दै लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने बताइन्।
त्यस्तै, प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिने भएको छ।
पार्टी अध्यक्ष एवम् संघीय सांसद राजेन्द्र लिङ्देनले संविधानको भावना अनुरुप उपसभामुख पदमा प्रतिपक्षको हक लाग्ने बताउँदै एमालेकी विद्या भट्टराईलाई मतदान गर्ने उल्लेख गरे।
केहीबेरमा उपसभामुख पदका लागि मतदान हुँदैछ।